Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालय निर्माणका लागि सास्कृतिक कार्यक्रम हुने

शुक्रबार, ०६ फागुन २०७३, १० : ५१ मा प्रकाशित

विद्यालय निर्माणका लागि सास्कृतिक कार्यक्रम हुने

अर्थ संसार 
सिन्धुली– नेपाली आप्रवासी विद्यार्थीहरु पढ्न विद्यालय निर्माणका लागि आइतबार नेपाली ह्युस्टन युनियन संस्थाले ह्युस्टन टेक्सासमा भव्य रुपमा नेपाली सास्कृतिक कार्यक्रम गर्ने भएको छ । 

आइसिइएफ इन्टरनेशनल क्रियसन एण्ड इक्वालीटी फाउण्डेशन, नेपाली स्टुडेण्ट एसोसियसन अफ ह्युस्टनको साथमा कार्यक्रम संचालन छ ।  सास्कृति कार्यक्रमबाट उठेको रकम सिन्धुलीको दलित बस्तिमा विद्यालय निर्माण गर्न प्रयोग हुने आयोजक मित्र प्रनव उप्रेतीले बताए । 

 स्थानीय कलाकारको प्रबन्धक र बिकास हेतु कार्यक्रम आयोजित भएको र ह्युस्टनमा रहेको सम्पुर्ण आमा वुवा दाजुभाई दिदि बिहीनी बिद्यार्थी र व्यवसायीलाई एकै छातामा ल्याउन कनेक्टीङ नेप्लीज टुगेदरको नारा सहति कार्यक्रमको ढांचा बनेको  उप्रेतीले जानकारी दिए । 

कार्यक्रमको पहिलो खण्डमा स्थानीय कलाकारको नाटक मञ्चन, दोहोरी, विद्यार्थी भाइवहिनीको नृत्य र स्थानीय गायकहरुको प्रस्तुती रहनेछ ।साथै ह्युस्टनमा उदाउंदै गरेका कवी बिदुर दवाडीको प्रस्तुती, र्यापर सुरज कार्कीको प्रस्तुती, व्याण्डहरु बद्मास, रमेश, सन्दिप, कुन्दन र अनिल पौडेल एण्ड ग्रुपको प्रस्तुती रहने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको