Like us!
Follow us!
Connect us!
Watch us!

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

अर्थ संसार

आइतबार, ०५ असोज २०७६, ०७ : २१ मा प्रकाशित

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

अर्थ संसार, भरतपुर-भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
 
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना राति १२ः३० बजे भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको