Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सको १० : ६ हकप्रद शेयर बजारमा आउँदै

अर्थ संसार

आइतबार, ०५ असोज २०७६, ०७ : ३४ मा प्रकाशित

सिर्जना फाइनान्सको १० : ६ हकप्रद शेयर बजारमा आउँदै

अर्थ संसार, काठमाडौं सिर्जना फाइनान्स लिमिटेडले असोज १७ गतेदेखि १० बराबर ६ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

सो हकप्रद शेयरमा असोज ५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

निष्कासन बन्द कात्तिक २१ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

शेयरधनीले सन्राइज क्यापिटल, सिर्जना फाइनान्सको केन्द्रीय तथा शाखा कार्यालय सन्राइज बैंकका विराटनगर, पोखरा, वीरगन्ज, बुटवल तथा नारायणगढ र सी–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ७ लाख ८२ हजार रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको