Like us!
Follow us!
Connect us!
Watch us!

जेसिबीको ठक्करबाट एक बालकको मृत्यु

dibesh

आइतबार, ०५ असोज २०७६, ११ : २४ मा प्रकाशित

जेसिबीको ठक्करबाट एक बालकको मृत्यु

अर्थ संसार, काठमाडौ – दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको (सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको छ । 
   बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो । 
मृतक बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको र ठक्कर दिने बा३क १२०६ नंको जेसिबी ब्याक लोडर सिङ्गटी प्रहरीको नियन्त्रणमा रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको