Like us!
Follow us!
Connect us!
Watch us!

" राम्रो बीमा सेवा प्रदान गर्न प्रतिबद्ध छु " - कमल गौतम, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड (भिडियो)

मिलन खड्का

आइतबार, ०५ असोज २०७६, १४ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २४ औं वार्षिक साधारण सभा येही असोज १ गते अग्रवाल भवन, कमलपोखरीमा सम्पन्न गरेको छ।  

एभरेष्ट इन्स्योरेन्सको २४ औं साधारणसभा हेर्नुहोस् भिडियोमा 

कम्पनीको  २४ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतीले पारित गर्यो । सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव तथा उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गर्यो ।

नागरिक लगानी कोषको साधारणसभा : चन्द्र सिंह साउद गयल हुँदा लगानीकर्ताको चरम आक्रोस (भिडियोसहित) 

 साधारण सभा लगतै एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले यसपाली  एभरेष्ट इन्स्योरेन्सले  आफ्नो व्यवसाय  सुरु गरेको २५ औं वर्षमा प्रवेश गरेको र यसपाली बाट  आफुहरुले nfrsमा  आधारित वार्षिक विवरर्ण   प्रस्तुत गरेको बताए।   

एभरेष्ट इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर) 
 
साधारण सभामा कम्पनीले प्रस्तुत गरेको सबै प्रस्तावहरु  लगानीकर्ताहरुले सहज र उत्साहपूर्वक पारित गरेकोमा धन्यवाद दिए।  साथै विगत २ वर्ष देखि आफ्नो कम्पनीले बिजनेश ग्रोत गरेको  र आउने दिनमा पुराना ग्राहकलाई सन्तुष्टि र नयाँ ग्राहक थप्ने योजना रहेको बताए।  तेसै अनुसार आधिराज्यभ शाखा सन्जाल बिस्थार गर्ने र कर्मचारीलाई पनि तालिम दिई सबैलाई सन्तुष्ट गर्ने र राम्रो सेवा गर्ने दिने प्रतिबधता व्यक्त गरेका छन्।    

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको