Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफले गर्यो “चेयरपर्शन क्लब” समारोह, २३७ जना उत्कृष्ट अभिकर्ता सम्मान

अर्थ संसार

आइतबार, ०५ असोज २०७६, २१ : ०७ मा प्रकाशित

नेशनल लाइफले गर्यो “चेयरपर्शन क्लब” समारोह, २३७ जना उत्कृष्ट अभिकर्ता सम्मान

अर्थ संसार, काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा  आईतवार सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५/०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी गराउदै कम्पनी वित्तिय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीव न बीमा कोष रु.२७ अरब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको रु.२ अरब लाई पार गरेर हाल रु.३ अरब पुगेको अवगत गराउनु भयो ।

अध्यक्ष सिंहले वर्तमान प्रतिष्पर्धात्मक बजारमा कम्पनीले ब्यवसाय विस्तारको लागि शाखा विस्तार, प्रविधिमा लगानी र नँया बीमालेखहरुमा विशेष ध्यान दिइएको उल्लेख गर्नु भयो ।

ब्यवसाय विस्तार संगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत विशेष ध्यान दिएको र गत वर्ष देखि विपन्न वर्गका वाल(वालिकाहरुलाई शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने हिसाबले “वाल/वालिका शिक्षा योजना छात्रवृत्ती कार्यक्रम” संचालन गरेकोमा गत वर्ष ६ जना विपन्न वर्गका वाल/वालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएको र चालु वर्षमा थप ९ जना गरी हाल सम्म जम्मा १५ जना वाल/वालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएको जानकारी गराउदै आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्षले प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा कार्यकारी प्रमुख भरत वस्नेतले आ.व.२०७५/०७६ मा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताउनु हुदै ब्यवसाय संचालनको विविध पक्ष वारे जानकारी प्रस्तुत गर्नु भयो ।

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः रु.४ लाख, रु.३ लाख र रु.२ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः रु.२.५० लाख, रु.२ लाख र रु.१ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । यसै गरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो ।

समारोहमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने प्रयोजनको लागि मित्र राष्ट्र भारतवाट आउनु भएका प्रख्यात प्रशिक्षक  टि.एस.मदानवाट प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो । मदान भारतको जीवन बीमा क्षेत्रमा एक चिर परिचित ब्यक्तित्व हुनुहुन्छ र यस्तो प्रशिक्षण संचालनमा ठूलो ख्याती आर्जन गर्नु भएको छ । मदानको प्रशिक्षण कार्यक्रम अत्यन्त उत्साह प्रद र सफल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको