Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा नेपालमा ए-सिरिज २०२० सार्वजनिक, उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजन

अर्थ संसार

सोमबार, ०६ असोज २०७६, १८ : ३७ मा प्रकाशित

ओपोद्वारा नेपालमा ए-सिरिज २०२० सार्वजनिक, उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजन

अर्थ संसार, काठमाडौं-वैश्विकरुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० सोमबार आधिकारिकरुपमा सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यमव र्गिय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ भेँट हो ।

उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजनका साथै,उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन रलामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज जेनरेशनजी यूवाका लागि अपरिहार्य उपकरणका रुपमा रहिरहने देखिन्छ ।

“नयाँ दशकको शुरुवातको महोत्सवका रुपमा हामीले यीदूई ह्याण्डसेटलाई ओपो ए सिरिज २०२० नाम दिएका छौँ । साथै, पछिल्लो दशकमा ए सिरिजले प्राप्त गरेको सफलता मनाउने र नयाँ पुस्ताका मोबाइल प्रयोगकर्तालाई स्वागत गर्नुपनि यसको मूल उद्देश्य हो ।”, ओपो नेपालका कार्यकारी अधिकृत बबी ट्राओले भने , “नयाँ नामले आउने दशकका लागि हाम्रो भिजनको प्रतिनिधित्व पनि गर्छ ।

यसले ब्राण्डका अत्याधुनिक प्रविधिहरु, आकर्षक डिजाइन, उत्कृष्ट फोटोग्राफी, शक्तिशाली कार्यक्षमताको प्रतिनिधित्व गर्नुका साथै अझ सटिकरुपमा नयाँ पुस्ताका मागको सम्बोधन पनि गर्छ ।”

ए सिरिज २०२० अन्तर्गतकायी दूई नयाँ मोडलले ओपोका लागि पछिल्ला संस्करणका तुलनामा अझ बढी सम्भावनाका ढोकाहरु समेत खुल्ला गरिदिएको छ ।

ओपो ए सिरिज २०२०ले प्रयोगकर्तालाई यसमा रहेको बहुउपयोगी ४८एमपी क्वाड क्यामेरा मार्फत आफुमा निहित रचनात्मकता जागृत गराउन अभिप्रेरित गर्छ र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले लामो समयसम्मको निरन्तर प्रयोगकालागि सघाउँछ । नयाँ फोनले अदृतिय मनोरञ्जन प्रदानगर्दै दैनिक तनाव कमगर्न सघाउँदै जीवनका अनेक सम्भावना नियाल्न मद्दत गर्छ ।

अत्याधुनिकक्यामेरा प्रविधि

ओपो एनाइन २०२० मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपीमुख्यक्यामेरा + ८एमपी अल्ट्रा-वाइड लेन्स + २एमपीमोनो लेन्स + २ एमपीपोट्रेट लेन्स उपलब्ध गरिएको छ । त्यसैगरी, ओपो एफाइभ २०२०मा पनि कम्पनीले बहुउपयोगी क्वाड क्यामेरा सेटअप दिएको छ । तर यसमाभने, १२एमपी मुख्यक्यामेरा जडान गरिएको छ । यिनले प्रयोगकर्ताका हरेक शुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २.० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँछ ।

एनाइन २०२०मा रहेको ४८एमपी प्रमुख लेन्सले उच्च रेजोल्यूशनका साथमा तस्विरको स्पष्टतामा सुधार दिँदै विस्तृत र गुणस्तरिय तस्विर लिन सघाउँछ । ८एमपी ११९डिग्री अल्ट्रा वाइड एंगल लेन्सले तस्विरको समायोजन र अभिब्यक्तिमार्फत विविधता दिनुका साथै साना स्थानमा समेत ठूला शट्स लिन सघाउँछ । मोनो लेन्स र पाट्रेट लेन्सले प्रयोगकर्तालाई पोट्रेट शट्समा रेट्रो, ग्रेनी र एट्मोस्फेरिक फिल्टर्स लगायतको प्रयोग गर्ने सुविधामार्फत पृथक तस्विर खिच्ने सुविधा दिन्छ ।

अल्ट्रा नाइट मोड २.०ले न्वाइज रिडक्सनको सुनिश्चितता दिन्छ । साथै, एचडीआर र मल्टि-फ्रेम प्रविधिले प्रयोगकर्तालाई रातको समयमा समेत उज्याला तस्विर खिच्ने सुविधा प्रदान गर्छ । यसो गर्दा मानिसकालागि छुट्टै प्रक्रिया अपनाइने हुँदा तस्विरमा मानिसका अनुहार चहकिला र अझविस्तृत देखिन्छ । अल्ट्रा नाइट मोड २.०को प्रयोग अल्ट्रा वाइड एंगलफोटो लिनका लागि समेत प्रयोग गर्न सकिन्छ ।

एनाइन २०२०मा १६एमपी सेल्फीक्योमरा उपलब्ध गरिएको छ र एफाइभ २०२०मा ८एमपी सेल्फी क्यामेरा । दुबैमाकम्पनीले टेलर मेड सेल्फीका लागि एआई ब्यूटिफिकेशन प्रविधिदिएको छ । यसले फरक फरक बजारमा रहेका फरक फरक ब्यूटी ट्रेण्डका लागि समाधान उपलब्ध गराउँछ । यो प्रविधिले स्वचालितरुपमा स्किन टोन, लिंग, उमेर, रंग लगायतको पहिचान गर्छ । अनुकूलित ब्यूटिफिकेशनका लागि यसले प्रयोगकर्ता छुट्याउने क्षमता समेत राख्छ । परिमार्जित र परिस्कृत नयाँ अल्गोरिथममार्फत यसले मेक अफफ्रिलुक्सका साथमा आकर्षक र गुणस्तरिय तस्विर लिन सघाउँछ ।

उपभोक्ताको उच्च गुणस्तरिय एक्सन भिडियोका लागि बढ्दो मागको सम्बोधन गर्न यसपटक कम्पनीले ब्यूल्ट/इन गायरोस्कोप सहितदूबै ह्याण्डसेटका लागिनयाँ स्टेबलाइजेसन प्रविधिउपलब्ध गराएको छ । यसले दौडिँदा, हिँड्दा, साइक्लिङ लगायतकार्य गरिरहँदा स्थिर भिडियो खिच्न सहजता प्रदानगर्छ । साथै, छोटा भिडियो क्लिपको यो जमानामा सहजताका साथ बटन क्लिक गरेकै भरमा आकर्षक कन्टेन्ट निर्माणमा सघाउने सोचका साथयसमा सुधारिएका भिडियो फिल्टर्सपनि उपलब्ध गरिएका छन् ।

आकर्षक र प्रयोग-मैत्री ईन्टेलिजेन्ट डिजाइन

ओपो ए सिरिज २०२०माआकर्षक लुक्स र सुदृढ प्रयोग अनुभवका लागि पछिल्ला संस्करणका तुलनामा ३१.४ प्रतिशतले कम क्षेत्रफलओगट्ने नयाँ कम्प्याक्ट वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । यसमा रहेको ६.५ ईञ्चको फुल स्क्रिनमा ८९% स्क्रिन टू बडी रेसियाका साथमा कोर्निङ गोरिल्लाग्लास थ्री+को प्रयोग गरिएको छ । यो तेस्रो पुस्ताका गोरिल्ला ग्लासको तुलनमा थप कडा हुनुका साथै अझ बढी सुरक्षाप्रदान गर्छ । यसमा रहेको सनलाइट स्क्रिनले स्क्रिन प्रत्यक्ष सुर्यको प्रकासमा समेत रिडेबिलिटी बढाउनुका साथै कमवा अत्यधिक प्रकास भएका स्थानमा समेत उत्कृष्ट रंग फाल्ने क्षमता राख्छ । साथै यसमा रहेको ब्ल्यू लाइट फिल्टरले केहीहदसम्म प्रयोगकर्ताको आँखालाई सुरक्षा समेत प्रदान गर्छ ।

अझभाइब्रेण्ट आकर्षक लुक्सकालागि ओपो एनाइन २०२०मा थ्रीडी ग्राडियण्ट डिजाएनको प्रयोग गरिएको छ । यसको निर्माणमा ४ कभ्र्ड थ्रीडी शिट्सको प्रयोग गरिएको छ । यसले गर्दा फोन पातलो देखिनुका साथै हातमा समाउँदा आरामदायी ग्रिपपनि प्रदान गर्छ । फोनमाप्रयोग गरिएकानानो स्केल प्याटन्र्सका कारण फरक कोण र भिन्नभिन्न प्रकासमायसले मल्टि टोन्ड, र्याडियन्ट कलरिङ फाल्छ ।

अदृतियप्रयोग अनुभव र कार्य क्षमताका लागि हार्डवेयर र सफ्टवेयरको समायोजन

१९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजार एमएएच क्षमताको ब्याट्री फोनमा उपलब्ध गरिएको छ । यसमा रहेको ब्याट्रीले रिभर्स चार्जिङ समेत सपोर्ट गर्छ ।
अडियोका लागिओपो ए सिरिज २०२०२ मा उच्चभोल्यूम र सुदृढ आवाजको गुणस्तर सहित डुअल स्पिकर जडान गरिएका छन् । उत्कृष्ट आवाजको गुणस्तर, रोमाञ्चक गेमिङ अनुभव लगायतका लागि फोनमा डल्बी एट्मस साउण्ड ईफेक्टको प्रयोग गरिएको छ ।
ओपो ए सिरिज २०२० मा शक्तिशाली कार्यक्षमताका लागि ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ । स्न्यापड्रागन ४५० प्रयोग गरिएको पछिल्लो एसेवेनका तुलनामा एनाइन २०२०को सीपीयूमा ४० प्रतिशत सुदृढ छ भने यसको जीपीयूमा १००% सुधार दिइएको छ ।

विशेषगरी गेमिङ अनुभवको कुरा गर्दा फोनमा दिइएको गेम बुस्ट २.० एक्सिलिरेटर प्रविधिले सुदृढ फ्रेम बुस्ट र टच बुस्ट दिन्छ । यसले गर्दा प्रयोगकर्ताले लाइटनिङ फास्ट गेम प्ले रेस्पोन्स पाउँछन् । फलतः टच स्क्रिनका कारण हुने ढिलाइको समस्याको समाधान हुनुका साथै समग्र गेमिङ अनुभवमै सुधार आउँछ । फ्रेम बुस्टले रियल टाइम मोनिटरिङ गर्दै गेम ल्यागमा सुधार ल्याउँछ । साथै, यसले फोट तात्ने, अत्यधिक उर्जाको खपतलगायत समस्यामा समेत सुधार दिन्छ । त्यसैगरी, यसमा रहेको टच बुस्टले गेमिङका दौरान टचस्क्रिनको प्रतिक्रियातिब्रता प्रदान गर्छ ।

साथै, टचस्क्रिनको प्रतिक्रियात्मक क्षमतामा बृद्धि गराइयसले फोन तिब्र र सटिक कार्यक्षमता भएको अनुभवप्रदान गर्छ ।

फोनहरुमा एण्ड्रोइड ९.०मा आधारित कलरओएस ६को प्रयोग गरिएको छ । यसले ताजा दृष्यानुभुति दिनुका साथै लामो समयसम्मको निरन्तर प्रयोग गर्दा समेत आरामदायीअनुभवप्रदान गर्छ । फोनमाफिंगरप्रिन्ट र फेसियलअनलक जस्ता आकर्षक फिचरपनि उपलब्ध छन् । यस सञ्चालन प्रणालीमा स्मार्ट एसिस्ट्यान्ट, राइडिङ मोड, म्यूजिक पार्टी र गेस्चर न्याभिगेसन जस्ता स्मार्ट फञ्सन्सपनि दिइएका छन् । यसले प्रयोगकर्तालाई सहजताको अनुभूतिदिनुका साथै, सुरक्षा र समग्र फोनको क्षमतामा बढोत्तरीको अनुभव प्रदान गर्छ ।

फोनमा जीवनका सुन्दर सम्झनाहरु सञ्चयका दौरान स्पेसका कारण कुनै समस्यानआओस् भन्ने सोचका साथ १२८जीबीउच्च मेमोरी क्षमता र २ सय ५६ जीबी मेमोरी सपोर्ट गर्ने थ्री-कार्ड -डुअल सिम + माइक्रोएसडी- स्लट पनिउपलब्ध छ ।

विक्रि सम्बन्धि जानकारी

८ जीबी र्याम र १ सय २८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंगमा अक्टोबर १ देखि नेपालभरका प्रमुख विक्रि केन्द्रमा उपलब्ध हुनेछ । यसको बजार मूल्य रु. ३५ हजार ९ सय ९० निर्धारण गरिएको छ ।
मूल्य रु. २७हजार ९ सय ९० निर्धारण गरिएको ४ जीबी र्याम र १ सय २८ जीबी रोम सहितको ओपो एफाइभ २०२०, मिरर ब्ल्याक र ड्याजलिङ ह्वाइट रंगमा सेप्टेम्बर २४ देखि नै नेपाल भरका प्रमुखविक्रि केन्द्र मार्फत उपलब्ध हुनेछ ।

5d88c24bb10f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको