Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको निर्णयले प्रभू बैंकलाई समस्या, कारोबार खोलिदिन नेप्सेले गर्यो आग्रह

मंगलबार, १८ असोज २०७३, १२ : ४८ मा प्रकाशित

राष्ट्र बैंकको निर्णयले प्रभू बैंकलाई समस्या, कारोबार खोलिदिन नेप्सेले गर्यो आग्रह


अर्थ संसार

काठमाडौं– राष्ट्र बैंकले ग्राण्ड बैंक गाभेको प्रभु बैंकलाई उसको पहिलेको आफ्नो सेयरमात्र कारोबार खुला गरिदिने निर्णय गरेपछि प्रभु बैंकको पुँजी बृद्धि योजना विफल भएको छ ।

राष्ट्र बैंकको यो निर्णयले ग्राण्ड बैंकका सेयरधनीको कारोबारमा रोक कायमै रहेको छ । सीमित सेयर कारोबार नभएपछि नयाँ सेयर जारी गर्न तथा साधारणसभाका लागि बुक क्लोज गर्न सकिँदैन । बुकक्लोज नभएपछि नयाँ सेयर जारी गर्न तथा साधारणसभामा भाग लिने सेयरधनीहरुको टुङ्गो लाग्दैन । यसरी राष्ट्र बैंकले ग्राण्ड बैंकलाई मर्ज गरेको प्रभू बैंकलाई समस्यामा पारेको छ ।

राष्ट्र बैंकले सुझबुझसाथ निर्णय नलिदा प्रभु बैक समस्यामा परेको प्रभु बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक सेरचनले अर्थसंसारसँग भने । ‘राष्ट्र बैंकको निर्णयले प्रभु बैंकका सेयरधनी पीडित बनेका छन् भने पुँजी बृद्धि योजना पनि अन्यौलमा परेको छ’, सेयरचनले भने । यता राष्ट्र बैंकले भने ग्राण्ड बैंकतर्फको हिसावकिताव नोक्शानीमा रहेकाले त्यो पुर्ति नभएसम्म सेयर कारोबार नखोल्ने निर्णय गरेको जनाएको छ ।

यसैविच नेपाल स्टक एक्सचेन्जले पनि सोमबार पत्र लेखी राष्ट्र बैंकलाई प्रभु बैकलाई ग्राण्ड बैंकको पनि कारोबार खुलाउन आग्रह गरेको छ भने विज्ञप्ति समेत जारी गरेको छ । नेप्सेले सोमबार जारी गरेको विज्ञप्तिमा भनेको छ–‘मर्जर सम्पन्न भएपछि मर्ज भएका सबै कम्पनीको सेयरको कारोबार सञ्चालन हुनु पर्ने र सोहीअनुसार सेयर संख्या, मूल्य एवं बजार सूचकांक समायोजन हुनुपर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । प्रभुको सेयरका बारेमा उत्पन्न व्यहारिक कठिनाइलाई संवोधन गरि दिन राष्ट्र बैंकसँग आग्रह गर्दछौं ।’

प्रभुले डुब्न लागेको ग्रान्ड बैंकलाई उद्धार गरेर आफूमा गाभेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको