Like us!
Follow us!
Connect us!
Watch us!

८ मे.वा को मेगावाटको अपर नौगाड जलविद्युत आयोजनाले शुरु गर्यो टेस्टिङ्ग

मिलन खड्का

मंगलबार, ०७ असोज २०७६, १५ : ४७ मा प्रकाशित

८ मे.वा को मेगावाटको अपर नौगाड जलविद्युत आयोजनाले शुरु गर्यो टेस्टिङ्ग

अर्थ संसार, काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मे.वा को निर्माण सम्पन्न गरी मिति २०७६ साल असोज ६ गते देखी सफल परिक्षण कार्य भै सकेको छ । परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले २०७६/०६/१० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ ।

२०७३/०६/१२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको यस आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ । यसमध्य सुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।

जनता बैंकको नाम र अस्तित्व सहित बिलय हुन पर्दा मलाई व्यक्तिगत हिसाबले असाध्यै पिडा छ : रमेश न्यौपाने
 

शेयरधनीलाई खुसीको खबर ! २५ मेगावाटको काबेली बी–१ ले शुरु गर्यो टेस्टिङ्ग (हेर्नुहोस् भिडियो)

 

 

5d89eb2247cc9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको