Like us!
Follow us!
Connect us!
Watch us!

बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्ता पुँजी दुई अर्ब नाघ्यो

अर्थ संसार

बुधबार, ०८ असोज २०७६, ११ : १३ मा प्रकाशित

बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्ता पुँजी दुई अर्ब नाघ्यो

अर्थ संसार, काठमाडौं– प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलबारसम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत बोनस सेयरको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेसँगै कम्पनीको चुक्तापुँजी२ अर्ब नाघेको छ ।

कम्पनीको विशेष साधारणसभाले हालको चुक्तापुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्तावपारित गरेको हो ।

अब कम्पनीको चुक्तापुँजी २अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँपुगेको छ । विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागिप्रस्ताव गरिएको १ करोड १७लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांशसमेत पारित गरेको छ । कम्पनीले नियमनकारी निकायबिमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी कायम गर्न विशेष साधारण सभा बोलाएको हो ।

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले सातैवटा प्रादेशिक, शाखा,उपशाखार सम्पर्क कार्यालय गरी १४०भन्दा बढि स्थानबाट सेवा दिइरहेको छ । कम्पनीले विभिन्न१६ किसिमका जीवन बिमालेखहरु प्रचलनमा ल्याएको छ । २०७६भदौ मसान्तसम्ममा १६ लाख ९० हजार बिमालेख बिक्री गरीकुल१५अर्ब ३१ करोड बिमा शुल्क संकलन गरेको छ र जिवन विमा कोषको आकार रु ८ अर्ब ९० करोड पुगेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको