Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै एनआईसी एशिया बैंकको साधारणसभा भव्यरुपमा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

शनिबार, ११ असोज २०७६, ०९ : ३७ मा प्रकाशित

लाभांश पारितसँगै एनआईसी एशिया बैंकको साधारणसभा भव्यरुपमा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २२ औं साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित) 

आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक  वर्ष २०७५/७६ को प्रतिवेदनलाई पारित गर्नुको साथै २०७६ असार मशान्तसम्मको वासलत र आर्थिक वर्ष २०७५/०६ को नाफा/नोक्सा हिसावलाई छलफल गर्दै पारित गरको छ ।

त्यसै गरी सभाले आफ्नो सहायक कम्पनी एनआइसी एशिया लद्युवित्त वित्तीय संस्था लिमिटेड र एनआइसी एशिया क्यापिटल लिमिटेडको आव २०७५/७६ को वित्तिय विवरणलाई पनि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षकमा टिआर उपाध्याय एण्ड कम्पनीलाई लेखापरिक्षकमा नियुक्त गरेको छ ।

त्यसै गरी सभाले आर्थिक वर्ष २०७५/७६ को  ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गरेको छ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरुलाई प्राप्ति गर्ने, गराउने अख्तियारी संचालक समितिलाई प्रदान गरेको छ ।

साधारणसभाको अरु फोटो हेर्न यहाँ क्लिक गर्नुहोस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको