Like us!
Follow us!
Connect us!
Watch us!

सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

अर्थ संसार

शुक्रबार, १० असोज २०७६, २१ : ०१ मा प्रकाशित

सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

अर्थ संसार, काठमाडौं-  एशियाली विकास बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले आज ‘नेपाल म्याक्रोइकोनोमिक अपडेट’ सार्वजनिक गर्दै पूँजीगत खर्चमा हुने वृद्धि, निजी क्षेत्रको सबल लगानी तथा ठूला भौतिक पूर्वाधारको विकास तथा विस्तारले पनि आर्थिक वृद्धिदरलाई बढावा दिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित) 

 बैंकले सामान्य मनसुन, ठूला भौतिक पूर्वाधारको योजनाले गति लिएको, पर्यटक आवागमनमा भएको वृद्धिजस्ता कारणले नेपालको आर्थिक विकास र विस्तारलाई समेत थप बल पुर्याउने एडीबीका देशीय निर्देशक मुख्तोर खामोदखानोभले बताउनुभयो । गत आवमा सरकारले ८.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको भए पनि ७.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

 बैंकले सन् २०२० मा औद्योगिक क्षेत्र ७.९ प्रतिशतले विस्तार हुने तथा औद्योगिक उत्पादनमा वृद्धि हुनेसमेत स्पष्ट पारेको छ । ठूला भौतिक पूर्वाधारसहित विद्युत् वितरणमा आएको सुधार, लगानीमा हुने विस्तारले नेपालको आर्थिक वृद्धिलाई टेवा पुर्याउने बैंकको भनाइ छ ।

 यस्तै सेवा क्षेत्रमा ६.९ प्रतिशतले विस्तार हुनेसमेत प्रक्षेपण गरेको छ । गत आवमा ४.६ प्रतिशतमा रहेको मूल्यवृद्धि सो अवधिमा ५.५ प्रतिशत पुग्ने उल्लेख गरेको छ । भारतीय बजारमा हुने मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा समेत पर्ने भएकाले मूल्य वृद्धिको दरमा वृद्धि हुने उल्लेख गरेको छ । चालू खातामा रहेको घाटा तथा उच्च व्यापार घाटाका कारण बाह्य क्षेत्रसमेत असन्तुलित हुने बैंकको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको