Like us!
Follow us!
Connect us!
Watch us!

किन घट्दैछ सेयर बजार ?

विहीबार, ०६ असोज २०७३, १७ : ४२ मा प्रकाशित

किन घट्दैछ सेयर बजार ?

stock

शर्मिला ठकुरी
काठमाडौ– पछिल्लो समय सेयर बजार निरंतर ओरालो लागेको छ । यस हप्ताको पहिलो दिनदेखि बजार ओरालो लागिरहेको छ । करिव दुई हप्ता उकालो लागेको बजार डेढ हप्तादेखि ओरालो लागेको छ । कारोबार रकममा समेत गिरावट आएको छ । बजारमा धमाधम बोनस र हकप्रद सेयर प्रदान गरिरहेका बैंक तथा वित्तिय संस्था र विमा कम्पनीको सेयर मुल्य नकारात्मक हुदा सेयर बजार ओरालो लागेको हो ।

‘पहिले त बोनस र हकप्रद सेयर जारी हुँदा भाउ बढ्थ्यो । अहिले त धमाधम घट्न थालेको छ । बजारलाई बुझ्न निक्कै कठिन भयो’, लगानीकर्ता प्रज्वल श्रेष्ठले भने । पछिल्लो समय कतिपय कम्पनीहरुले रा्रमो लाभांस दिइरहेका छन् । ती कम्पनीहरुको सेयर मुल्यमा पनि गिरावट आइरहेको छ ।

किन घटिरहेको छ त बजार ? सेयरबजार विष्लेषक हरिवोल काफ्लेका अनुसार बजार घट्नुमा मुख्य कारण सेयर धितो कर्जामा व्याज बढाउन सक्ने संकेतले हो । ‘बजारमा तरलताको अभाव देखिन थालेको छ । गत आर्थिक वर्षमा सरकारको पुँजीगत खर्च न्युन भएका कारण बजारमा पर्याप्त तरलता छैन ।

त्यसैले बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर बढाउन थालिसकेका छन् । निक्षेपको व्याजदर बढाउँदा कर्जाको व्याजदर पनि बढ्ने छ । त्यसैको परिणाम स्वरुप बजार घट्न थालेको हो’, उनले भने । त्यसैगरी लगानीकर्ताहरुले अपेक्षा गरेभन्दा कम्पनीहरुले कम लाभांस दिएका कारण पनि लगानीकर्ताहरु बजारमा आकर्षित नभएको उनको अर्को तर्क छ ।

विभिन्न कम्पनीहरुले हकप्रद सेयर जारी गरिरहेका छन् । बजारबाट रकम हकप्रद सेयर भर्नका लागि प्रयोग भएको देखिएको काफ्ले बताउँछन् । दुई सातायता दुईवटा म्याचुअल फन्डमा करिव १० अर्व रकम गएकोले पनि बजारमा रकमको अभाव भएर बजार घटेको उनले तर्क दिए ।

त्यसो त बजार चाडपर्वको मुखमा बर्षेनी घट्ने गरेको छ । अहिले दशैं र तिहार आउन लागेकोले पनि लगानीकर्ताहरु चाडपर्व मनाउन रकम जोहो गर्ने भएकोले पनि बजार घटेको उनको दावी ।

ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष नरेन्न्द्रजंग सिँजापतिले भने बजार घट्नुमा फरक धारणा राखे । उनका अनुसार बजार एक–दुई महिनापछि प्रायजसो घट्ने टे«ण्ड छ । केही समययता ४१ वटा कम्पनीहरुले लाभांस घोषणा गरेका छन् । लगानीकर्ताहरुले ती कम्पनीको नाफा बुक गर्ने हेतुले आफ्नो सेयर विक्रि गरेका कारण बजार ओरालो लागेको उनको भनाइ छ । उनले बैंक तथा वित्तिय संस्थाहरुले सेयर कर्जामा व्याज बढाए पनि त्यसको असर यत्ति छ्ट्टिै बजारमा नदेखिने बताए । बजार विहिबार पनि ओरालो लागेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको