Like us!
Follow us!
Connect us!
Watch us!

पश्मिनाको बजार बढाउन क्रेताविक्रेता विक्रेता भेला

मंगलबार, १८ असोज २०७३, १३ : ३२ मा प्रकाशित

पश्मिनाको बजार बढाउन क्रेताविक्रेता विक्रेता भेला

 

अर्थ संसार

काठमाडौं–पश्मिनाको उत्पादन गर्ने उत्पादक तथा निकासीकर्ताहरुलाई एकै थलोमा भेला गराई व्यापारिक सम्बन्ध कायम गराउने, क्रेताको चाहनाअनुरुपको डिजाईन, गुणस्तर, रंग संयोजन र विदेशी बजारबारे बिक्रेतालाई जानकारी गराउने उद्देश्यले नेपाल हस्तकला महासंघको बाणिज्य परिषदले पश्मिना वस्तुको क्रेता बिक्रेता भेला आयोजना गरेको छ । 

बाणिज्य मन्त्रालयका सचिव ङईन्द्रप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका अध्यक्ष  धर्मराज शाक्यले निर्यात योग्य हस्तकलाको वस्तु पश्मिनाको प्रबद्र्धनका लागि के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने बारे क्रेता र बिक्रेताबीच छलफल गर्न भेला आयोजना गरिएको बताए । शाक्यले नेपाली हस्तकला क्षेत्रको विकास र प्रबद्र्धनको लागि क्राफ्ट भिलेजको आवश्यकता रहेकोले स्थापनाको लागि सरकारले सहयोग गर्नु पर्ने बताए ।

बाणिज्य मन्त्रालयका सचिव उपाध्यायले नेपाली पश्मिनाको गुणस्तर अन्य मुलुकसँग अतुलनीय रहेकाले यसमा कुनै सम्झौता नगर्न उत्पादकहरुलाई आग्रह गरे । उनले हस्तकलाको प्रबद्र्धनका लागि सरकार सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अबसरमा महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, कार्यसमिति, विभिन्न परिषद, समिति, उपसमिति, कार्यदलमा रहनु भएका सदस्यबीच २०७३ सालको विजया दशमी, दीपावली छठ तथा नेपाल संवत ११३७ को अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको