Like us!
Follow us!
Connect us!
Watch us!

साउदी अरब पर्यटकका लागि पनि खुल्ला

मिलन खड्का

शनिबार, ११ असोज २०७६, ११ : ५८ मा प्रकाशित

साउदी अरब पर्यटकका लागि पनि खुल्ला

 अर्थ संसार,  रियाद-  साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । 

अति रुढीवादी मुस्लीम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो ।  

तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अवदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोको रुपमा विकास गर्न लागिएको बताइएको छ । 

घुम्नका लागि विदेशी नागरिकहरुलाई खुल्ला गरिएपनि केही सर्त भने कडा बनाइएको छ । विषेश गरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरुले जनाएका छन् ।  

विश्व पर्यटन दिवसकै दिन आएको साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको  दायरा थप फराकिलो भएको विज्ञहरुले बताएका छन् । 

“हामीले आज इतिहास रचेका छौँ,” देशका पर्यटन प्रमुख अहमद अल खातिबद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उहाँले थप लेख्नु भएको छ, “हामीले पहिलो पटक संसार भरका पर्यटकहरुका लागि साउदी अरबलाई खुल्ला गरेका छौँ ।”

विश्वका ४९ देशका व्यक्तिहरुले अनलाईन मार्फत् प्रवेशाज्ञाका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । प्रवेशाज्ञा पाउन अमेरिका, अष्ट्रेलिया, युरोपेली देशहरुलगायत रहेको वक्तव्यमा जनाइएको छ । 
–––

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको