Like us!
Follow us!
Connect us!
Watch us!

लाभांस पारितसँगै कुमारी बैंकको १९ औं वार्षिक साधारणसभा भव्यरुपले सम्पन्न (फोटोफिचर)

अर्थ संसार

शनिबार, ११ असोज २०७६, १५ : ४९ मा प्रकाशित

लाभांस पारितसँगै कुमारी बैंकको १९ औं वार्षिक साधारणसभा भव्यरुपले सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– कुमारी बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष  अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा नक्सालस्थित नक्साल ब्यानक्वेटमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित) 

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७५/०७६ को लागि १० प्रतिशत बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.९ अर्ब ५५ करोड हुनेछ ।

आर्थिक वर्ष २०७५/७६ को  मसान्तसम्म बैंकले कुल निक्षेप रु.८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम रु. ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ७६ करोड तथा रु.१ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ । 

 साधारणसभाको कभरेज फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

 

5d8f36b26a644.jpg 5d8f36b5a4bc6.jpg 5d8f36b8e6d1b.jpg 5d8f36bc0dffa.jpg 5d8f36be13f8d.jpg 5d8f36c06d046.jpg 5d8f36c259b41.jpg 5d8f36ce40e99.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको