Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा अर्बको हाराहारीमा कारोवार

अर्थ संसार

शनिबार, ११ असोज २०७६, १६ : ५८ मा प्रकाशित

शेयर बजारमा अर्बको हाराहारीमा कारोवार

अर्थ संसार, काठमाडौं–धितोपत्र बजारमा  साता अपेक्षाकृतरुपमा बजारले गति लिन सकेन । निरन्तर ओरालो लागेको कारोवार मापनक नेप्से परिसूचक एक दिन मात्रै थामियो । अन्य दिन भने नेप्सेले आरोलो यात्रा नै कायम गर्यो

धेरैले यसलाई चाडबाडको असरका रुपमा समेत चित्रण गरेका छन् । चाडबाड शुरु हुन लागेका कारण नेप्से मात्रै नभई कारोवार रकममा समेत गिरावट आई बजार एक हजार १२९ को विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ४० लाख ४१ हजार ९१९ कित्ता शेयर कारोवार भयो । कारोवार भने अर्बको हाराहारीमा मात्रै रह्यो । कूल रु एक अर्ब १९ लाख ७० हजार ८५७ बराबरको भएको स्टकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित)

साताको पहिलो दिन नै शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुग्यो । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए ।

साताको दोस्रो नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुग्यो । कूल १७० कम्पनीको सात लाख ४३ हजार ३१५ कित्ता शेयर रु १७ करोड ७२ लाख ७९ हजार ३९ मा खरीद बिक्री भए ।

साताको तेस्रो दिन नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक ६।४२ बिन्दुले घटेर एक हजार १३४.५६ बिन्दुमा झर्यो । कूल १७१ कम्पनीको आठ लाख ७३ हजार ७९ कित्ता शेयर रु २१ करोड ८२ लाख ७८ हजार ४४९ मूल्यमा खरीद बिक्री भए ।

बुधबार पनि नेप्सेको ओरोलो यात्रा कायम रह्यो । सो दिन नेप्से परिसूचक ३.०३ अङ्कले घटेर एक हजार १३१.५३ मा पुग्यो । कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर रु १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन पनि नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । सो दिन नेप्से १.७३ बिन्दुले घटेर एक हजार १२९.८० बिन्दुमा पुग्यो । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर रु २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भए ।

यस साता पनि बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै शीर्ष स्थानमा रह्यो । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, कृषि विकास बैंक, एनएमबी बैंक र एनआइसी एशिया बैंक क्रमशः शीर्ष स्थानमा रहे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको