Like us!
Follow us!
Connect us!
Watch us!

१५ लाखमा सेरामिक्स बनाउने भट्टी निर्माण

शनिबार, ०७ फागुन २०७३, ११ : ३१ मा प्रकाशित

१५ लाखमा सेरामिक्स बनाउने भट्टी निर्माण

काठमाडौँ– नेपाल हस्तकला महासङ्घले रु १५ लाख लागतमा मिर्तिका कला (माटोबाट निर्माण गरिने कला अथवा सेरामिक्स)  बनाउने भट्टी निर्माण गरेको छ ।

महासङ्घले विश्व कला परिषद्को सहयोगमा भक्तपुर नगरपालिका र ठिमीमा सेरामिक्स बनाउने तीनवटा भट्टी निर्माण गरेको हो । जसमध्ये दुईवटा नयाँ र एकवटा भूकम्पले क्षति पुर्याएको पुरानो भट्टीलाई पुनःनिर्माण गरेको हो । 

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले पुरानो कलाको रुपमा रहेको मिर्तिका कलाको विकास र विस्तारका लागि महासङ्घले विश्व कला परिषद्सँग मिलेर उक्त भट्टी निर्माण गरेको जानकारी दिए । 

शाक्यले भने, “यो कार्यले नेपाली कलाको संरक्षण र सम्बद्र्धनमा सहयोग पुग्नेछ ।” 

तीनवटा भट्टीबाट भक्तपुरका ४०० भन्दा बढी घरपरिवारले लाभ उठाएको महासङ्घले जनाएको छ । उक्त ठाउँमा निर्माण भएको सेरामिक्सलाई महासङ्घले विश्वका विभिन्न मुलुकमा बेच्ने काम समेत गरेको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको