Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको दसै अफर

अर्थ संसार

सोमबार, १३ असोज २०७६, ०८ : १२ मा प्रकाशित

नेपाल टेलिकमको दसै अफर

अर्थ संसार, काठमाडौं- नेपाल टेलिकमले दसैँको अवसरमा आफ्नो सेवामा छुटसहित विभिन्न अफर उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटिई तथा अन्य सेवामा विशेष छुट तथा रिचार्जमा बोनससहित अफर सञ्चालमा ल्याएको जनाएको छ । रिचार्जमा बोनसबाहेकअफर १२ असोजदेखि नै लागू भएको छ ।

टेलिकमले दसैका अवसरमा निःशुल्क फोरजी/एलटिई सिम परिवर्तन सुविभा दिएको छ । अर्को  सूचना नभएसम्म यो अफर निरन्तर रहनेछ । ग्राहकले ८४४४३ डायल गरी सिम परिवर्तन गर्नुपर्ने  वा नपर्ने  थाहा पाउन तथा आफ्ना सिमलाई फोरजीमा परिवर्तन गर्न सक्नेछन् ।

मुस्कानले न्याय पाउनै पर्छ

साथै, अफरअन्तर्गत पहिलोपटक फोरजी/एलटिई नेटवर्कमा रजिस्टर हुने ग्राहकले २ दिनको समयावधिसहित २ सय एमबी डाटा बोनसका रूपमा पाउनेछन् ।

निःशुल्क कल अलर्ट सुविधा अफरअन्तर्गत पोस्टपेड ग्राहकले निःशुल्क सिम कल अलर्ट (एमसिए) सेवा पाउनेछन् । यो सेवा अर्को सूचना जारी नभएसम्म निरन्तर रहने बताइएको छ ।

मोबाइलमा ८१४००३ डायल गरेर दिइएका विकल्पअनुसार वा युएनएसयुबी एमसिए लेखेर १४०० मा एसएमएस पठाइ यो सुविधासम्बन्धी जानकारी लिन सकिनेछ । साथै, ‘नेपाल टेलिकम’ एपबाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ । साथै, प्रिपेड ग्राहकले पनि आगामी छठसम्म एमसिए सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

मोबाइलमा ८१४००३ डायल गरी दिइएका विकल्पअनुसार वा एसयुबी एमसिए लेखेर १४०० मा एसएमएस पठाइ यो सुविधा प्राप्त गर्न सकिन्छ । साथै, ‘नेपाल टेलिकम’ एपबाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

रिचार्जमा बोनस दसैँ अफरअन्तर्गत जिएसएम र सिडिएमए प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध हुनेछ ।

दसैको अवसरमा १८ असोजदेखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने बताइएको छ ।

योजनामा ५०, १०० र २०० रुपैयाँ कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५ सय तथा १ हजार रुपैयाँ रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । प्राप्त १० प्रतिशत ३ दिनभित्र र २० प्रतिशत बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्ने बताइएको छ ।

त्यसैगरी एमपोसबाट १० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा १० प्रतिशत र ५ सय वा सोभन्दा धेरै रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको