Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरका शेयरधनीलाई खुसीको खबर ! ८ मेगावाटको अपर नौगाड जलविद्युत आयोजना जोडियो केन्द्रीय प्रणालीमा

मिलन खड्का

सोमबार, १३ असोज २०७६, ०८ : ४८ मा प्रकाशित

अपि पावरका शेयरधनीलाई खुसीको खबर !  ८  मेगावाटको अपर नौगाड जलविद्युत आयोजना जोडियो केन्द्रीय प्रणालीमा

अर्थ संसार, काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मेगावाटको निर्माण सम्पन्न राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्न सफल भएको छ। 

सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माण सम्पन्न आयोजनाले आइतबारबाट उत्पादन सुरु गरेको हो ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि उत्पादन सुरु भएको प्रवर्द्धक अपि पावर कम्पनीका संचालक इन्द्र मणि त्रितालले बताए जानकारी दिए ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित) 

अबको १५ दिनको परीक्षणपछि आयोजनाबाट व्यावसायीक उत्पादन सुरु हुनेछ । १५ दिनकाे परीक्षण चरणकाे विद्युत भने प्राधिकरणले निशुल्क प्राप्त गर्नेछ  ।

२०७३/०६/१२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको यस आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ । यसमध्य सुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।

सिटिजन्स बैंकको नियतमाथि शेयरधनी शिव प्रसाद पौडेलको चर्को टिप्पणी (भिडियोसहित)

विसं २०७२ भदौ २ देखि व्यावसायिक उत्पादन थालिएको नौगाड प्रथम जलविद्युत् आयोजना छोटो समयमै निर्माण सम्पन्न गरेको देशभरिकै नमूना योजना बनेको थियो ।

यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरण र अपिपावर कम्पनी लिमिटेडबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् खरीद–बिक्री सम्झौता (पिपिए) यसअघि नै भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा सरोकारवाला निकायसँग सार्वजनिक सुनुवाइ कार्यक्रम भइसकेको आयोजनाले जनाएको छ । दार्चुलाको गुल्जरमा आयोजना निर्माण गर्नका लागि भएको सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले हस्ताक्षर गरेका थिए ।

यसअघि नै नेपाल विद्युत् प्राधिकरणसँग ग्रीड लाइन तथा  जडानका लागि भने सम्झौता सम्पन्न भइसकेको अपि हाइड्रोपावर कम्पनीले जनाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको