Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकले १७ प्रतिशत लाभांश दिने

अर्थ संसार

सोमबार, १३ असोज २०७६, १६ : ५५ मा प्रकाशित

नेपाल एसबिआई बैंकले १७ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकको आर्थिक वर्ष २०७५/७६ को वार्षिक आर्थिक विवरण स्वीकृत गर्दै गत वर्षको मुनाफा तथा विगत वर्षमा आर्जित मुनाफाबाट उक्त लाभांश दिन लागेको जनाएको छ । बैंकले आफूले गरेको उक्त निर्णय आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो ।

उक्त प्रस्तावलाई बैंकको आगामी २६औँ वार्षिक साधारसभा र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण गरिने कम्पनीका सचिव भीष्म  नेउपानेले जानकारी दिनुभयो । सो बैंकले अघिल्लो आवमा १५ दशमलव ७९ प्रतिशत लाभांश बाँडेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको