Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको ऋणपत्र बजारमा आउँदै, ब्याजदर १० प्रतिशत

अर्थ संसार

मंगलबार, १४ असोज २०७६, ०७ : ५३ मा प्रकाशित

लक्ष्मी बैंकको ऋणपत्र बजारमा आउँदै, ब्याजदर १० प्रतिशत

अर्थ संसार, काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले असोज २३ गतेदेखि १० प्रतिशत लक्ष्मी बैंक लिमिटेड डिबेन्चर २०८६ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

निष्कासन गरिने कुल ऋणपत्रमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । निष्कासन बन्द छिटोमा असोज २७ गते हुनेछ भने ढिलोमा कात्तिक २२ गते हुनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि १० वर्ष रहेको छ । ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत हुनेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिकर द्वितीय अर्धवार्षिक समाप्त  भएपश्चात् भुक्तानी गरिनेछ ।

सो ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी एलबिबिबी प्लस रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम मध्यम रहेको संकेत गर्छ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख रहेको छ । ऋणपत्रनिष्कासनका लागि नेपाल धितोपत्र बोर्डले भदौ १७ गते अनुमति दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको