Like us!
Follow us!
Connect us!
Watch us!

माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन

dibesh

मंगलबार, १४ असोज २०७६, १० : ५९ मा प्रकाशित

माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन

अर्थ संसार, काठमाडौ – अघिल्लो वर्ष कृषिजन्य पदार्थको उत्पादन बढाउन माटो जाँचले उत्पादन बढेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन् । 

गत वर्ष ७५ प्रतिशत अनुदानमा बीउ पाएका किसानले अहिले ५० प्रतिशत अनुदानमा बीउ पाएका हुन् । भेरी नगरपालिकाले गाउँगाउँमा गएर किसानको खेतबारीमै माटो जाँच गरी माटोमा अम्लियपन पत्ता लगाएर सोहीअनुसारका बीउ सिफारिश गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।
 
कृषक समूहमार्फत बीउ वितरण गरी सबै कृषकलाई व्यावसायिकरूपमा खेती गर्ने वातावरण बनाएको छ । उहाँले भन्नुभयो, “अघिल्लो वर्षभन्दा यो वर्ष बीउ लिने र सहयोग माग्ने कृषकको सङ्ख्या अत्यधिक भएको छ, नगरपालिकालाई सबैभन्दा उत्कृष्ट बनाउन किसानको माग नै पहिलो आधार बनाएका छौँ ।”
 
कृषकले लगाएको बालीको रेखदेख र सल्लाह दिनका लागि खेतबारीमा प्राविधिक खटाउनुका साथै वडाध्यक्षलाई निगरानी गर्न आग्रहसमेत गरेको प्रमुख घर्तीले बताउनुभयो । माटो र परिवेश सुहाउँदो खेती गर्न किसानलाई सहयोग गरी अगाडि बढाउन कृषि क्षेत्र विकास कार्यक्रमसँग सम्झौता गरिएको छ । सो कार्यक्रमबाट नगरपालिकाका कृषकको जीवनस्तर माथि उठाउन महत्वपूर्ण कार्य हुने नगरपालिकाले जनाएको छ । 
कार्यक्रमले पूर्वाधार विकासका साथै तरकारी खेती, ओखर, कागतीलगायतका बिरुवा उत्पादनमा लगानी गर्नेछ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण गर्नका लागि सडक निर्माण गर्ने योजनासमेत रहेको छ । त्यस्तै  किसानलाई कृषिजन्य वस्तुको उत्पादन गर्नका लागि चाहिने मल, औजार, आवश्यक औषधि तथा उपकरणका साथै तालीमसमेत दिने प्रमुख घर्तीले बताउनुभयो । 

माटो जाँचपछि उत्पादन राम्रो पाएर कृषिजन्य वस्तुको उत्पादनलाई थप प्रभावकारी बनाएका कृषक अहिले नगरपालिकामा नयाँ–नयाँ खालका योजना माग गर्न थालेका छन् । वडा नं ८ का कृषक लालबहादुर थापाले भन्नुभयो, “हामी माल भएर चाल नपाउने किसान रहेछौँ, अहिले हामी नगरपालिकासँगको सहकार्यलाई बढाएर लैजान्छौँ र आफैँ आत्मनिर्भर भई परिचय बदल्छौँ ।” स्थानीय सरकार नहुँदा सदरमुकाम आएर कहिले पनि बीउ नपाई फर्केको समस्या सुनाउँदै अर्का किसान मानबहादुर घर्तीले बताउनुभयो । 

नगरपालिकाले नेपालकै पहिलो पोषण एप्स बनाई प्रयोगमा ल्याएसँगै यहाँका कृषकले लाभसमेत उठाएका छन् । सो एप्समा कृषिदेखि पोषणसम्म र बालीनाली लगाउनेदेखि कसरी खानेसम्मका कुरा समेटिएका कारण कृषकलाई सजिलो भएको हो । कृषकलाई राहत पुग्ने खालका नयाँ–नयाँ योजना ल्याएर प्रयोग गर्ने थुपै योजना कार्यान्वयमा आउने प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको