Like us!
Follow us!
Connect us!
Watch us!

भ्वाइस नेपालकी प्रतिस्पर्धी शसिका राईको नयाँ गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक

मिलन खड्का

मंगलबार, १४ असोज २०७६, १४ : ०८ मा प्रकाशित

भ्वाइस नेपालकी प्रतिस्पर्धी शसिका राईको नयाँ गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक

अर्थ संसार, काठमाडौं–पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो । 

फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के र सेल्मे’मा उमेशको लय तथा शब्द सङ्कलन रहेको छ भने उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् । 

गीत सार्वजनिक कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो मार्फत स्रोता/दर्शकमाझ ल्याएको उमेश राईले बताए । 

यस्तै अतिथिहरुले उमेशले उदाहरणीय कार्य गरेको भन्दै उनको कार्यको प्रशंसा र बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले यो गीतले पूर्वेली लोक जुहारी गीतको प्रतिनिधित्व गरेको र भिडियो पनि गीत सुहाउँदो संस्कार संस्कृति झल्किने रहेको बताए ।

कार्यक्रममा कला साहित्य र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको