Like us!
Follow us!
Connect us!
Watch us!

ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

dibesh

बुधबार, १५ असोज २०७६, १३ : २७ मा प्रकाशित

ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

अर्थ संसार, काठमाडौ – नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमाआउन अनुरोध गरेको छ ।

छानबिनका क्रममा नेपालगञ्ज, वैजापुर र खजुरा शाखाबाट ऋण प्रवाह भएको देखिएको हुँदा उक्त कुरा सही हो वा होइन भनी जाँचबुझ गर्न ऋणीलाई सम्पर्कमा आउन भनिएको हो । 
 
 सबै ऋणीलाई ऋणका कागजातसहित जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आउन अनुरोध गरिएको बाँके प्रहरी प्रवक्ता शिवबहादुर सिंहले बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको