Like us!
Follow us!
Connect us!
Watch us!

शेयरमा लगानी गर्ने होइन ? शिव श्री हाइड्रोपावरको आइपिओ आजदेखि बजारमा

अर्थ संसार

विहीबार, १६ असोज २०७६, ०८ : ०१ मा प्रकाशित

शेयरमा लगानी गर्ने होइन ? शिव श्री हाइड्रोपावरको आइपिओ आजदेखि बजारमा

अर्थ संसार, काठमाडौं-शिव श्री हाइड्रोपावर लिमिटेडेको साधारण शेयर (आइपिओ) असोज १६ गते अर्थात आजदेखि निश्कासन  भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित ३३ लाख ५१ हजार १४० कित्ता शेयर निश्कासन गरेको हो। कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुन आउने २२ लाख १४ हजार ६ सय कित्तामा स्थानीयवासीका लागि निश्कासन गरिएको मध्ये बाँकी रहन गएको ११ लाख ३६ लाख ५५० कित्ता समेत गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता शेयर निश्कासन भएको छ ।

कुमारी बैंकको शेयरधनीले संचालक समितिलाई दिए यस्ता सल्लाह (भिडियोसहित) 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले निश्कासन गरेको साधारण शेयरमा लगानीकर्ताले छिटोमा असोज २४ गतेसम्म र ढिलोमा कात्र्तिक १५ गतेसम्म आवेदन दिन सक्नेछन । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

5d9704c497824.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको