Like us!
Follow us!
Connect us!
Watch us!

शेयरधनीलाई खुसीको खबर ! २५ मेगावाट क्षमताको काबेली बी–१ जोडियो केन्द्रिय प्रणालीमा

अर्थ संसार

शुक्रबार, २४ असोज २०७६, ०८ : ३५ मा प्रकाशित

शेयरधनीलाई खुसीको खबर !  २५ मेगावाट क्षमताको काबेली बी–१  जोडियो केन्द्रिय प्रणालीमा

अर्थ संसार, काठमाडौं– पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीबाट २५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको ‘काबेली बी वान’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्न सफल भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि उत्पादन सुरु भएको संचालक समितिका सदस्य मिलन खड्काले जानकारी दिए  ।  १५ दिनको परीक्षणपछि आयोजनाबाट व्यावसायीक उत्पादन सुरु हुनेछ । १५ दिनको परीक्षण चरणको विद्युत भने प्राधिकरणले निशुल्क प्राप्त गर्नेछ  ।

गत वैशाखमा केन्द्रीय प्रणालीमा जोडिने लक्ष्यका २०७२ वैशाखमा आयोजनाको शिलान्यास भएको थियो। २०७२ असोजदेखि आयोजना निर्माणको कामले गति लिएको थियो। निर्धारित समयमा काम नसकिएपछि आयोजनाले म्याद थप गरी काम अघि बढाएको हो।

‘दशै खर्चको केही रकम बचत गरी सनराइज फस्र्ट म्युचुअल फण्डमा लगानी गरौं’- विजय लाल श्रेष्ठ : सिइओ, सनराइज क्यापिटल लिमिटेड (भिडियोसहित)

विद्युत् प्रसारण लाइन निर्माणको काममा ढिलाइ हुँदा निर्माणको काम पछि सरेको थियो । पूर्वी पहाडबाट उत्पादन गरिएको विद्युत्लाई केन्द्रीय प्रणालीमा जडान गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको १३२ केभीए विद्युत् प्रसारणलाई काबेली करिडोरको कामले गति नलिएपछि आयोजनाको काममा बाधा पुगेको थियो । 

पाँचथरको याङवरक गाउँपालिकामा पर्नेे थर्पु, नागी र अमरपुर त्यस्तै ताप्लेजुङको थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु र सिनाम आसापासमा आयोजनाको निर्माण गरिएको छ। थर्पुको दाहाल गाउँबाट पाइपलाइन निर्माण गरिएको छ। पाँच सय ८० मिटर लामो पाइपलाइन निर्माण गरी नागीको पिप्ले भन्ने स्थानसम्म पाइपलाइन विस्तार गरिएको छ। सोही स्थानमा पावरहाउस निर्माण गरिएको छ।

चार अर्बको लगानीबाट आयोजना निर्माण सुरु गरिएको हो। नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा अन्य सातवटा बैंकले आयोजना निर्माणका लागि लगानी गरेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको