बिहिबार, ३० असोज २०७६
बस दुर्घटनामा ३० घाइते
शुक्रबार, १७ असोज २०७६

अर्थ संसार, काठमाडौ – पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved