Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा मृत्यू दावी रकम भुक्तानी

अर्थ संसार

सोमबार, २७ असोज २०७६, १९ : ०५ मा प्रकाशित

सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा मृत्यू दावी रकम भुक्तानी

अर्थ संसार, काठमाडौं-सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय दाङ द्वारा एक कार्यक्रमको बिच मृत्यूदाबी बापतको रकमको चेक हस्तान्तरण गरिएको छ ।

बैदेशिक रोजगारमा जाने समयममा यस कम्पनीमा बैदेशिक रोजगार म्यादी जीवन बिमा गराउनु भएका बिमित  शेर बहादुर मल्लको कामको सिलसिलामा यही मिति २०७६ साल श्रावण २२ गते विदेशमा मृत्यू भएको थियो र सो मृत्यू दावी भुक्तानीको रकम निजको ईच्छाईएको व्यक्ति निजकी श्रीमती अस्मीता मल्ललाई रु. १४,००,०००।

‘दशै खर्चको केही रकम बचत गरी सनराइज फस्र्ट म्युचुअल फण्डमा लगानी गरौं’- विजय लाल श्रेष्ठ : सिइओ, सनराइज क्यापिटल लिमिटेड (भिडियोसहित) 

(चौध लाख रुपैया) बराबरको चेक कार्यक्रमका प्रमुख अतिथि तथा लमही नगरपालीकाका प्रमुख कुल बहादुर के.सी. ले हस्तान्तरण गर्नुभएको थियो । दाङ शाखाका शाखा प्रमुख मोतिलाल भट्टराईले संचालन गर्नुभएको उक्त कार्यक्रममा नगर प्रमुख के.सी. ले बीमा जोखिमको आर्थिक सुरक्षाको कुरा हो, हाम्रो समाजमा जिवन बिमाको बारेमा धेरै व्यक्तिहरुले नबुझेको र यसको लागि बिमा कम्पनीहरुले बुझाउनु जरुरी छ र जो कोही व्यक्तिले बिमा गर्नु पनि आवश्यक छ भन्ने भनाई राख्नु भएको थियो । मृतक शेर बहादुर मल्लले २०७५ कार्तिक १४ गते रु. ५,३३०।– प्रिमियम बुझाई बैदेशिक रोजगार म्यादी जीवन बीमा गराउनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको