Like us!
Follow us!
Connect us!
Watch us!

विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत हुने आइएमएफको प्रक्षेपण

मिलन खड्का

बुधबार, २९ असोज २०७६, १० : २७ मा प्रकाशित

विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत हुने आइएमएफको प्रक्षेपण

अर्थ संसार, वासिङ्टन-वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले मङ्गलबार गरेको छ ।

निरन्तरको व्यापार विवादले गर्दा व्यवसायिक विश्वास र लगानीमा कटौति आउँदा विश्वव्यापी वित्तीय सङ्कटको अवस्था देखिएकाले सन् २०१९ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशत रहने कोषले बताएको छ । 

मुद्रा कोषले सन् २०२० का लागि विश्वको आर्थिक वृद्धिदर ३.४ प्रतिशत कायम रहने अनुमान गरेको थियो तर कोषको ‘वर्ड इकोनोमिक आउटलुक’को मङ्गलबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा यो दर तीन प्रतिशत रहने बताइएको छ । 

प्रतिवेदनले विश्वको अर्थतन्त्रमा क्रमशः एकरूपमा कमी आएको र सुधारको अनिश्चितता रहेको चेतावनी दिएको छ ।

कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले भन्नुभयो, “विश्वव्यापी नतिजा जोखिमपूर्ण रहेको र यसमा नीतिगत कमजोरीहरू नभएको देखिएको छ ।”  

कोषले सन् २०१९ मा अमेरिकाको आर्थिक वृद्धिदर २.४ रहने बताएको छ । यो प्रक्षेपण जुलाईमा गरिएको अनुमानको दुई दशांशले कमी भएको जनाएको छ ।

व्यापार तनावले आर्थिक वृद्धिदरमा आएको न्यूनताका कारण अमेरिकी कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतमा विस्तार हने पनि कोषले बताएको छ ।

अमेरिकाका लागि व्यापारसम्वद्ध अनिश्चितताले गर्दा लगानीमा नकारात्मक प्रभाव छोडेको तर रोजगारी र उपभोग भने मजबुत रहने कोषका प्रमुख अर्थशास्त्री गोपीनाथले बताउनुभयो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको