Like us!
Follow us!
Connect us!
Watch us!

सवारी दुर्घटनामा एकको मृत्यु

dibesh

बुधबार, २९ असोज २०७६, १५ : ३२ मा प्रकाशित

सवारी दुर्घटनामा एकको मृत्यु

अर्थ संसार, काठमाडौ – सुनसरीको धरान उपमहानगरपालिका तिनकुनेस्थित कोशी राजमार्गमा आज सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

    इटहरीबाट धरानतर्फ जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको को १ ख १९३० नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर पछाडि सवार राईको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । 

    स्कुटर चालक उहाँको श्रीमान् जयबहादुर राई सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्कुटी, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको