Like us!
Follow us!
Connect us!
Watch us!

सडक विस्तारले एक हजारभन्दा बढी घरहरु भत्किने : व्यापारीहरूमा चिन्ता

dibesh

बुधबार, २९ असोज २०७६, १६ : ३२ मा प्रकाशित

सडक विस्तारले एक हजारभन्दा बढी घरहरु भत्किने : व्यापारीहरूमा चिन्ता

अर्थ संसार, काठमाडौ – महान् चार्ड छठपर्व नजिकिँदै जाँदा वीरगञ्ज बजारको मुख्य सडकका घरधनी तथा व्यापारीहरुको मुटुमा  ढुकढुकी बढ्दै गएको छ । पथलैयास्थित व्यापारी मार्ग विस्तार गुरुयोजना कार्यालयले छठपछि त्रिभुवन राजपथको गण्डकदेखि वीरगञ्ज भन्सार विन्दुसम्म सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ मिटर सडक फराकिलो पार्ने अन्तिम सूचना जारी गरेकाले यस्तो ढुकढुकी बढाएको हो  । 

त्रिभुवन राजपथको गण्डकदेखि भन्सार विन्दुसम्म सडक फराकिलो गर्दा वीरगञ्जको मुख्य बजार घण्टाघर, माईस्थान, आदर्शनगर, विर्तादेखि भन्सारसम्म करीब एक हजारभन्दा बढी घरहरु भत्किने भएका छन् । सो सरकारी अभियानलाई निरत्नरता दिने वा रोक्नेबारे अहिले वीरगञ्ज बासीबीच बहसको विषय भएको छ । यसै विषयमा आज वीरगञ्ज युवा तथा व्यापारिक सडकपीडित संघर्ष समितिले पत्रकार समेलन  गरी आफू विकास विरोधी नभएको तर बाइपासलगायत वैकल्पिक सडक हुँदाहुँदै वीरगञ्जको मुख्य सडकलाई फराकिलो पारी घरहरु भत्काएमा वीरगञ्ज खण्डहर हुने चिन्ता व्यक्त गरेका छन् ।

सो समितिले  सडकसँग सम्बन्धित मुद्दा सर्वोच अदालतमा विचाराधिन अवस्थामा रहेको र  वर्तमान संविधानले घर भत्काएमा क्षतिपूर्ति दिने व्यवस्था गरेकाले सडक अतिक्रमण नगरी लालपूर्जा लिएर बसोबास गरेकोको हकमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएको छ । 

संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा घरधनीहरु जवाहर गुप्ता, अरविन्द गुप्ता, भरत नेपाल, महेश चौरसियालगायतले यसप्रति सरकार सचेत  नभए आन्दोलनमा जाने चेतावनी दिएका थिए । व्यापारिक मार्ग विस्तार परियोजनाले छठपर्वपछि प्रहरी प्रशासनको सहयोगमा गण्डकदेखि वीरगञ्जको मुख्य सडक हुँदै भन्सार विन्दुसम्म रहेको त्रिभुवन राजपथको सडक फराकिलो पार्ने काम शुरु हुने परियोजनाका इञ्जिनीयर अशोककुमार यादवले राससलाई बताउनुभयो । वीरगञ्जको मुख्य सडक फराकिलो नहुँदा ट्राफिक जाम हुने, दुर्घटना बढ्नेजस्ता समस्या देखिएकोले जति सक्दो चाडो सो सडक फराकिलो गर्नुपर्ने अर्कोपक्षको माग थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको