Like us!
Follow us!
Connect us!
Watch us!

जनअपेक्षाअनुसार प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्छ –वरिष्ठ नेता खनाल

dibesh

बुधबार, २९ असोज २०७६, १६ : ४८ मा प्रकाशित

जनअपेक्षाअनुसार प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्छ –वरिष्ठ नेता खनाल

अर्थ संसार, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । 

    पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, “जुन लोकप्रिय र प्रभावकारी रुपमा कार्य गर्नुपर्ने हो, त्यो हुन सकेको छैन, आकासे खेती जसरी काम गरेर गन्तव्यमा पुगिँदैन ।” तीव्र गतिमा कार्य सम्पादन गरी ठोस ढङ्गले अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

    सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उहाँले सचिवालय बैठकमा मन्त्रिमण्डल पुनःगठनका बारे छलफल नभएको बताउँदै राष्ट्रिय आवश्यकताअनुसार यस विषयमा सरकार अगाडि बढ्ने र आसन्न उपनिर्वाचनमा पार्टीले कसरी सफलता प्राप्त गर्ने भन्नेबारे छलफल भएको बताउनुभयो । सभामुख पदको निर्वाचनका बारे उपयुक्त समयमा उचित निर्णय लिइने उहाँको भनाइ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको