Like us!
Follow us!
Connect us!
Watch us!

सटीएक्सप्रेसले गर्यो कुवेतमा Samsung ​  टि.भी. उपहार

मिलन खड्का

बुधबार, २९ असोज २०७६, १६ : ५८ मा प्रकाशित

सटीएक्सप्रेसले गर्यो  कुवेतमा Samsung ​  टि.भी. उपहार

अर्थ संसार, काठमाडौं-कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाजकुवेत को दोश्रो वार्षिक उत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनिट्रान्सफर प्रमुख आयोजक भई सेप्टेम्बर २०,२०१९ माब्वाईज स्काउट एसोसीएसन हलहवाली ,कुवेतमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको  थियो। जस्मा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो ।

कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित हुनु भएको दर्शकहरुमा लक्की ड्र सञ्चालन गरिएको थियो , जस्को बिजेता जय बहादुर थापा हुनु भएको थियो ।थापाले उपहार स्वरुप Samsung को ३२’’को टि.भी. प्राप्त गर्नु भएको छ । सोेहि कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।

नेपालका लागि Samsung उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. ले प्रवासीहरुलाई विदेश मै बसेर नेपालमा टि.भीं किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि. संग साझेदारी गरेको छ ।

सम्झैता अनुसार कतार ,साउदी,कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टर मागएर पैसा जम्मा गरे पछी नेपालमा रहेका परिवार र आफन्त जनहरुले सोहि देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन। यो इनिशिएसनजुलाई १,२०१९ बाट प्रारम्भ भएको हो । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहीत गर्न यस्तो इनिशिएसन गरेको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसले कुवेत स्थित अलअन्सरी एक्सचेन्ज ,अलमुजैनी एक्सचेन्ज र BEC सँग बिप्रेषण सहकार्य गर्दै आइरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको