Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फिनान्सको हकप्रद आजदेखि लिलामीमा

अर्थ संसार

विहीबार, ३० असोज २०७६, ०७ : ३३ मा प्रकाशित

मल्टीपर्पस फिनान्सको हकप्रद आजदेखि लिलामीमा

अर्थ संसार, काठमाडौं - मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमार्फत असोज ३० गते अर्थात बिहीबादेखि  विक्री खुल्ला भएको छ ।

कम्पनीले संस्थापक समूहतर्फको १८ लाख ६० हजार ७२१ कित्ता शेयर र सर्वसाधारणतर्फको ६ लाख २६ हजार ५५७ कित्ता शेयर लिलामीमार्फत विक्री खुल्ला गरेको हो ।  लिलामी शेयरमा कात्तिक ७ गतेसम्म आवेदन दिन सकिन्छ । 

यसअघि कम्पनीले असार २३ गतेदेखि भदौ ९ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । सो अवधिमा पूर्ण आवेदन नपरेपछि कम्पनीले लिलामीमा विक्री गर्न लागेको हो । कम्पनीले शेयरको न्यूनतम मूल्य रू। १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको