Like us!
Follow us!
Connect us!
Watch us!

दुई फरार प्रतिवादी पक्राउ

dibesh

विहीबार, ३० असोज २०७६, १० : १९ मा प्रकाशित

दुई फरार प्रतिवादी पक्राउ

अर्थ संसार, काठमाडौ – जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मुद्दामा सजाय पाएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ गरिएकाहरुमा उदयपुरको त्रियुगा नगरपालिका–१२ बस्ने १८ वर्षीय स्माइल अली र बारा जिल्ला निजगढका ५१ वर्षीय कृष्णबहादुर लामा रहेका छन् ।

प्राप्त सूचनाका आधारमा जिल्लाको पूर्वी क्षेत्रबाट बुधबार साँझ दुवै जनालाई पक्राउ गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताउनुभयो । अली सार्वजानिक मुद्दाका फरार हुन् भने लामा ठगी मुद्दाका फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको