Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको १५.८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

मिलन खड्का

विहीबार, ३० असोज २०७६, १० : १६ मा प्रकाशित

सनराइज बैंकको १५.८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं- सनराइज बैंकले आफ्नो साधारण सभा कार्तिक १५ मा गर्दैछ ।   

बैंकले साधारण सभामा गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभंश गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।  

बैंकले कार्तिक १ गते बुक क्लोज गर्दैछ अर्थात असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउने सक्ने छन्। 

बैंकले गत वर्षको मुनाफाबाट  ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस तथा ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको