Like us!
Follow us!
Connect us!
Watch us!

आखिर किन मच्चियो सिटिजन्स बैंकको साधारण सभामा होहल्ला र खैलाबैला ? हेर्नुस सभाका दृश्य भिडियोमा

मिलन खड्का

विहीबार, ३० असोज २०७६, १० : ४६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– के तपाईले  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको साधारणसभा छुटाउनु त भएन ?  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  आफ्नो १३ औं वार्षिक साधारणसभा येही असोज १३मा सम्पन्न गरेको थियो ।

डिल्लीबजारको अमृतभोग पार्टी प्यालेसमा  भएको साधारणसभामा शेयरधनीहरुले सुरुवातदेखि नै बोल्ने क्रममा संचालक समितिबाट प्रस्तावित प्रस्तावहरु माथि असुन्तुष्टि राख्दै आएका थिए । मूलत एनआइसी एशियासँग साधारणसभा जुधाएको, संस्थापक र सर्वसाधारणलाई लाभांश वितरणमा भेदभाव गरेको र संचालकहरुले भारी मात्रमा आफ्नो पारिश्रमिक बृद्धिको प्रस्ताव गरेकोमा आक्रोस पोखेका थिए ।

प्रस्तावहरु पारित गर्नेक्रममा अरु प्रस्तावहरु सजिलै पारित भएतापनि साधारणसभामा संचालक समितिले प्रस्ताव गरेको  संचालकको पारिश्रमिक, भत्ता र सुविधाको प्रस्ताव  उठ्नासाथ विरोध सुरु भएको थियो । प्रस्तावहरु पारित गर्नेक्रममा जब संचालक समितिका अध्यक्ष डा शंकर प्रसाद शर्माले विशेष प्रस्तावहरु अन्तरगतको बुद्धा नं ३ को  (ख–१) प्रस्ताव पारितको लागि प्रस्ताव गरेसँगै सभाहलमा उपस्थित ठूलो संख्यामा शेयरधनीले होहाल्ला गर्दै यो प्रस्ताव आजको सभाले पारित हुन नसक्ने भन्दै आफ्नो कुर्सीबाट उठ्न थाले ।

यसै क्रममा कार्यकारी अध्यक्षले अरु बैंकको तुलनामा सिटिजन्स बैंकको संचालकहरुको पारिश्रमिक  र सुविधा निकै कम रहेको र यो प्रस्तावित सुविधाहरु आफूलाई नभएर आउने नयाँ संचालक समितिको लागि भएको र यस प्रस्तावलाई पारित गर्न शेयरधनीहरुलाई आग्रह गरे ।तर, सभामा उपस्थित शेयरधनीले त्यो प्रस्तावलाई मानेन् । 

त्यसपछि अध्यक्ष शर्माले संचालक समितिको  पारिश्रमिक भत्ता र सुविधा १ वर्षपछि स्वत : प्रस्तावित अनुसार नै हुने प्रस्ताव सभामा गरेपछि फेरी एकपटक शेयरधनीले जोडदाररुपमा विरोध गरे । अन्तत : अध्यक्ष गले र प्रस्ताव पारित हुन सकेन । त्यसको लागि अध्यक्षले सभालाई धन्यवाद दिए, र सभाहलमा ठूलो ताली बज्यो ।

प्रस्तावित संचालकहरुको पारिश्रमिक भत्ता र सुविधामा संचालक समिति तथा उप समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षले साबिकको व्यवस्थामा १३ हजार  र संचालक सदस्यहरुले पाउने ११ हजार भत्ता रहेको र साधारणसभाबाट उक्त सुविधालाई ६० प्रतिशत बृद्धि गर्दै अध्यक्षले बैठक भत्ता २० हजार र अरु संचालकहरुले १८ हजार प्रतिबैठकले पुर्याउने प्रस्ताव गरिएको थियो ।

हेर्नुहोस भिडियो 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको