अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडको २५ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
एलिस रिसेप्सन्स्, गैहीधारा, काठमाडौंमा भएको वार्षिक साधारणले चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर, लेखापरिक्षक नियुक्ति लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।
त्यसै गरी बैंको सहायक कम्पनी बि.ओ.के, क्यापिटल मार्केट लि को वित्तीय विवरण सहितको एकीकृत वितीय विवरण स्वीकृत, लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतको प्रस्तावहरु पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस