Like us!
Follow us!
Connect us!
Watch us!

भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल

अर्थ संसार

विहीबार, ३० असोज २०७६, १५ : ४३ मा प्रकाशित

भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल

अर्थ संसार, काठमाडौं– भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लि.को जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो ।

मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषिकम्पनी र पूँजीबजार (मर्चेण्ट बैंकिङ्ग ) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ ।

समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने बैंकले लक्ष्य लिएको छ ।

हाल बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी  
तिलबहादुर गुरुङ्गले बताउनुभयो ।

 

5da84a50de850.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको