Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

dibesh

विहीबार, ३० असोज २०७६, १७ : ०९ मा प्रकाशित

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

अर्थ संसार, काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासलगायत हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्माको राजकीय भ्रमणमा हुनुहुन्छ ।

 

 

म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार प्रेसिडेन्सियल हाउसको परिसरमा म्यान्माको सेनाले प्रदान गरेको सम्मान गारद (‘गार्ड अफ अनर’) ग्रहण गर्दै । ––– रासस

5da85062acf1e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको