Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ २०० रुपैयाँ घट्यो,चाँदीको मुल्य स्थिर

प्रजना राई

आइतबार, ०३ कार्तिक २०७६, १३ : ०० मा प्रकाशित

सुनको भाउ २०० रुपैयाँ घट्यो,चाँदीको मुल्य स्थिर

अर्थ संसार,काठमाण्डौ- नेपाली बजारमा केही दिनदेखि स्थिर रहेको सुनको भाउ आइतबार घटेको हो । आइतबार छापावाला सुनको मूल्य ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो । यस्तै, स्थिर नै रहेको तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँ नै घटेर प्रतितोला ७० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । 

यता, चाँदीको मूल्यमा भने आइतबार स्थिर रहेको छ । चाँदी प्रतितोला ८५० रुपैयाँ कारोबार भइरहेको छ । यसअघि चाँदीको मूल्य शुक्रबार ५ रुपैयाँले बढेको थियो । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्यमा हुने घटबढको आधारमा नेपाली बजारमा सुनको मूल्य निर्धारण हुन्छ । आइतबार अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस न्यूनतम १ हजार ४८५.२३ डलरदेखि अधिकतम १ हजार ४९३.६७ डलरसम्म कारोबार भइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको