Like us!
Follow us!
Connect us!
Watch us!

खाद्य संस्थानले बेच्न थाल्यो खसीबोका, ३ हजार चौपाया बेच्ने (फोटो फिचर)

मंगलबार, १८ असोज २०७३, १४ : ३० मा प्रकाशित

खाद्य संस्थानले बेच्न थाल्यो खसीबोका, ३ हजार चौपाया बेच्ने (फोटो फिचर)


अर्थ संसार
काठमाडौं – दशैंलाई मध्यनजर राख्दै खाद्य संस्थानले खसीवोका र च्याङग्रा विक्रि गर्न थालेको छ । दशै नजिकिएसंगै संस्थानले सर्वसाधरणलाई सुलभ मूल्यमा चौपाया उपलब्ध गराउन थालेको हो ।

संस्थालले यस वर्ष ५ करोड ५५ लाख वरावरको खसी, बोका र च्याङग्रा वेच्ने लक्ष लिएको छ । चाडपर्वको मौका छोपेर वजार भाउ बढ्ने गरेकाले जनतालाई सहज तरिकाले कम मूल्यमा विक्रि गर्न खासी बोका विक्रि गर्ने गरेको संस्थानका अञ्चल प्रमुख मोहन प्रकाश चन्दले बताए ।


संस्थानले यस बर्ष १ हजार ५ सय खसीबोका र त्यतिकै संख्यामा च्यांग्रा बेच्ने लक्ष राखेको छ । अहिले खसीबोका १ हजार १ सय ३२ र च्याङग्रा ७ सय ३९ ओटा काठमाडौ ल्याइएको संस्थानका वरिष्ट सहायक वलराम गजुरेलले वताए ।

खसी लाहान, हेटौडा, दाङवाट ल्याइएको हो । यस्तै च्याङग्रा भने सवै मुस्ताङवाट ल्याइएको गजुरेलले वताए । उनका अनुसार वाँकी रहेको खसीवोका वुधवारसम्म ल्याई सक्ने वताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको