मङ्गलबार, ०३ मङि्सर २०७६
सन्राइज फस्र्ट म्युचुअल फण्डमा लगानी गर्ने मौका अब केहि दिन मात्र (सिइओको अन्तरवार्ता सहित)
मङ्गलबार, ०५ कार्तिक २०७६

काठमाडौं–सन्राइज क्यापिटलद्वारा व्यवस्थापन गरिने तथा सन्राइज बैंकद्वारा प्रवद्र्धन गरिएकोे “सन्राइज फस्र्ट म्युचुअल फण्ड”मा अब लगानी गर्ने केहि दिन मात्रै बाँकी छ।आश्विन ८ गते देखि खुल्ला यस  इकाई येही कार्तिक ०७गते बन्द हुदैछ ।     

१० वर्षे बन्दमुखी योजनाको १० अकिंतदरको १०,००,००,००० (दश करोड) इकाई मध्ये १५ प्रतिशत अर्थात १,५०,००,००० इकाई कोष प्रबद्र्धक  सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई  सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गगरिएको हो। 

योजना ब्यवस्थापन गर्ने सनराइज क्यापिटलले केयर रेटिङ्ग बाट AMC ३ रेटिङ्ग प्राप्त गरेको छ । योजनाको कोष सुपरिवेक्षकमा पूर्व गृहसचिव श्री चण्डी प्रसादश्रेष्ठ, पूर्व डेपुटी गभर्नरश्री कृष्ण बहादुर मानन्धर, नेपाल टेलिकमका पूर्व प्रबन्ध संचालक  बुद्घि प्रसाद आचार्य, वरिष्ट न्यायधि वक्ता पूर्ण मान शाक्य तथा चार्टड एकाउन्टेण्ट सुधिर कुमार शर्मा गरी ५ जना विशिष्ठ अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।

म्युचुअल फण्डमा लगानी गर्ने सोचमा हुनुहुन्छ? म्युचुअल फण्ड के हो र यसमा लगानी गर्दा के फाईदा ? एक जानकारी 

सन्राइज फस्र्ट म्युचुअल फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।

शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । 
 
यस योजनाको इकाई मा आवेदन गर्नका लागिे आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा (ASBA) प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने छन्।  

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved