Like us!
Follow us!
Connect us!
Watch us!

इ १५ र इ २० को कलर्स मोइबाइलमा बम्पर छुट !

सोमबार, ०९ फागुन २०७३, ११ : ५९ मा प्रकाशित

इ १५ र इ २० को कलर्स मोइबाइलमा बम्पर छुट !

अर्थ संसार 
काठमाडौं– नेपाली मोबाइल फोन कलर्स मोबाइलले यसको दुईवटा स्मार्ट फोन इलिट इ १५ र इलिट इ २० को मुल्यमा भारी छुट प्रदान गरेको गरेको छ । अब मोवाई प्रयोगकर्ताले  .१२ हजार ४ सय ९५ रुपैयाँ पर्ने ई १५ अब .१० हजार ४ सय ९५ रुपैयाँमा, पहिले १३ हजार ९ सय ९५ रुपैयाँ पर्ने इ २० अब ११ हजार ९सय ९५ रुपैयामा खरीद गर्न सक्नु हुनेछ ।

आफ्नो बजेट अनुकूलको उत्कृष्ट स्मार्ट फोनको खोजीमा रहनु भएका नेपाली स्मार्ट फोनका पारखीहरुले यो महानतम् अफरको लाभ लिनु हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।  । इ १५ मा ड्रागन ट्रेल सिसा जडित हुनाको साथै यसमा पावर ब्याँक सहितको ५००० एमएएच क्षमतायुक्त ब्याट्री रहेको छ ।

त्यसै गरी  इ २० मा रहेका विशेषताहरु मध्ये यसको ५.५ इन्चको एचडि आइपिएस स्क्रिन,पछाडी भागमा १३ मेगा पिक्सल क्षमता र अग्र भागमा ८ मेगा पिक्सल क्षमताको क्यामरा हुनु हो र साथै यसबाट ४ जि नेटवर्क समेत संचालन गर्न सकिने विशेषता रहेको छ ।

“यी २ वटा स्मार्ट फोनको बजार मुल्यमा यसप्रकारको अत्याधिक छुट दिनाले नेपाली स्मार्ट फोन चलाउन इच्छुक ठिकठिकै आम्दानी गर्ने आम नागरिकले समेत त्यसलाई खरीद गर्ने अवसर प्राप्त गर्ने कलर्स मोबाइलका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले  बताए । कार्यकारी अधिकृत अग्रवाट अनुसार थोरै दाममा उत्कृष्ट स्मार्ट फोनको लाभ लिन सक्नेछन् । 

हामी कलर्स मोबाइलको स्मार्ट फोनहरुको शृँखलामा उत्कृष्ट ब्राण्डको रुपमा रहेको यी २ स्मार्टफोनको प्रचलित मुल्यमा भारी छुट दिएको कलर्स मोबाइलका बजार प्रबन्धक राज जँग थापाले सुनाए । 

मोबाइल सेवा प्रदायकहरुले सेवा विस्तार प्रविधिको स्तरोन्नति गर्दै ४ जि सेवा प्रदान गर्न लागेको सन्दर्भमा मोबाइल प्रयोगकर्ताहरु समेत ४ जि नेटवर्क चलाउन लालायित रहेका छन् र इ २० मा सजिलै ४ जि नेटवर्क चलाउन सक्ने सुविधा विद्यमान रहेको बजार प्रबन्धक थापाले बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको