Like us!
Follow us!
Connect us!
Watch us!

सारथी लघुवित्त र  सत्यवती लघुवित्त गाभिदै

प्रजना राई

मंगलबार, ०५ कार्तिक २०७६, १० : २४ मा प्रकाशित

सारथी लघुवित्त र  सत्यवती लघुवित्त गाभिदै

अर्थ संसार,काठमाडौं-सारथी लघुवित्त वित्तीय संस्था र  सत्यवती लघुवित्त वित्तीय संस्था गाभिने भएको छ । सारथी लघुवित्त वित्तीय संस्थाले कात्तिक ६ गते विशेष साधारण सभामा सत्यवती लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पेश गर्दैछ ।

सारथी र सत्यवती लघुवित्त गाभिएर एक हुने भएपछि सोही अनुसार कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 

दुवै संस्थाको सम्पत्ति, दायित्व र कारोबारको मूल्यांकनका आधारमा निर्धारण गरिएको स्वाप रेसियोलाई स्वीकृति प्रदान गर्ने एजेन्डा पनि छ । सभामा लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने तथा प्रमुख कार्यकारी अधिकृतको सम्बन्धमा पनि छलफल हुनेछ । सारथी लघुवित्त वित्तीय संस्था नेपार राष्ट्र बैंकबाट घ, वर्गको इजाजत प्राप्त संस्था हो 

साधारण सभा होटल गण्डकी रिभर भ्यू, शितलचोक ब्यास २, दमौली तनहुँमा बिहान ११ बजे सुरु हुनेछ । । यसको केन्द्रीय कार्यालय पनि  ब्यास नगरपालिका २, दमौली तनहुँमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको