Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पुँजी बजारको दायरा फराकिलो बनाउनुपर्ने -अर्थमन्त्रि खतिवडा

प्रजना राई

मंगलबार, ०५ कार्तिक २०७६, १३ : १७ मा प्रकाशित

नेपालको पुँजी बजारको दायरा फराकिलो बनाउनुपर्ने -अर्थमन्त्रि खतिवडा

अर्थ संसार, काठमाण्डौ- अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा पुँजी बजारको दायरा सानो भएकोले फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । लगानीका वैकल्पिक माध्यमहरु खुला गरेर दायरा बढाउनुपर्ने अवस्था छ । दोस्रो बजारमा व्यक्तिगत लगानीकर्ताको संख्या ठूलो छ । संस्थागत लगानीकर्ताको हिस्सा अझै सानो छ । यसैगरी सूचीकृत कम्पनीका सेयरहरु मात्र कारोबार हुने गरेका छन् । 
विश्व बैंक समूह तथा अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको अमेरिकामा भइरहेको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सोमबार सहभागिता जनाउँदै अर्थमन्त्री खतिवडाले बचत र लगानी बीचको ठूलो अन्तर हटाउन नेपालमा विदेशी पुँजी परिचालन गर्न जरुरी भएको बताए । मन्त्री खतिवडाले पूर्वाधार विकासका लागि मध्यम तथा दीर्घकालीन अवधिको वित्त परिचालन गर्ने विषयमा पनि ध्यानकर्षण गराए ।  
नेपालको अर्थतन्त्रको सम्भावनाबारे चर्चा गर्दै अन्तर्रा्ष्ट्रिय वित्त निगमलाई नेपालमा निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधार लगायतका क्षेत्रमा समेत लगानी गर्न आग्रह गरे । निजी क्षेत्रलाई थप सबल, सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधीकरण गर्नुपर्ने विषयमा समेत उनले जोड दिए ।
 
दक्षिण एसियामा सडक सुरक्षा सम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताका रुपमा अर्थमन्त्री खतिवडाले सहभागिता जनाएका छन् । उक्त कार्यक्रममा उनले सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ पक्ष, सवारी साधनको भारवहन क्षमता लगायतका विषयमा ध्यान पुर्याउनुपर्ने बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको