Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तले आइपीओ ल्याउँदै, कात्तिक २९ गते साधरणसभा

प्रजना राई

मंगलबार, ०५ कार्तिक २०७६, १३ : २७ मा प्रकाशित

समाज लघुवित्तले आइपीओ ल्याउँदै, कात्तिक २९ गते साधरणसभा

अर्थ संसार, काठमाण्डौ -समाज लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक २९ गते प्रथम साधारण सभा बोलाएको छ ।

लघुवित्तले अधिकृत पुँजी ४ करोड बाट वृद्धि गरी १० करोड पुर्याउने प्रस्ताव पेश गर्दैछ । यस्तै, हाल कायम २ करोड रुपैयाँ पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी ६ करोड रुपैयाँ पुर्याउने पस्ताव पनि पारित गर्नेछ ।

लुघवित्तले आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभामा संस्थाको कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसैगरी, सभामार्फत कम्पनीले अन्य कुने वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रयोजनका लागि सञ्चालक समितिका अध्यक्षलाई अख्तियारी प्रदान गर्नेछ ।  सभा जानकी फेमली होटल एन्ड लज मलंगवा, सर्लाहीमा बिहान ११ बजे सुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको