Like us!
Follow us!
Connect us!
Watch us!

नविल र प्रभु बैंकको कारोबार करोडमा, अरुको लाखमा

प्रजना राई

मंगलबार, ०५ कार्तिक २०७६, १७ : १३ मा प्रकाशित

नविल र प्रभु बैंकको कारोबार करोडमा, अरुको लाखमा

अर्थ संसार, काठमाडौं –  शेयर बजार मंगलबार  सामान्य अंकले बढेको छ ।  नेप्से मापन गर्ने सूचक २.४ अंकले बढेर ११३४.७९ बिन्दुमा रोकिएको छ ।

१५५ कम्पनीको कारोबारमा ६ लाख ४५ हजार ४५३ कित्ता शेयर कारोबार हुँदा  १६ करोड ५२ लाख ९६ हजार ५ रुपैयाँको कारोबार भएको छ ।

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित} 

११ कम्पनीको शेयर किनबेच भएकोमा  बैकिङ ४.४५, विकास बैंक १.६२, जलविद्युत १.३७, उत्पादन तथा प्रशोधन ९.४५, माइक्रोफाइनान्स १.२७, जीवन बीमा समूहको उपसूचक १९.०६ अंकले बढेको छ । यता निर्जीबन बिमा समूहको उपसूचक १७.७१ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा देखिएको छ । नबिल बैंकको १ करोड ३२ लाख २३ हजार ५५ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा प्रभु र एभरेष्ट बैंक रहेका छन् । मंगलबारको कारोबारमा   नबिल र प्रभु बैंकले करोड गरेका छन । अन्य कम्पनीको कारोबार लाखमा भएका छन ।

5daeed993cda0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको