Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

प्रजना राई

मंगलबार, ०५ कार्तिक २०७६, १८ : ०७ मा प्रकाशित

सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थ संसार, काठमाण्डौ- सिद्धार्थ बैंकको २५ लाख इकाई ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। बैंकको सात वर्ष अवधिको “१०.२५ एस.बि एल डिबेन्चर २०८३” दोस्रो बजारमा कारोबारको लागि कार्तिक ५ गते नेप्सेमा सूचीकृत भएको हो ।

आफ्नो पूँजी कोष बलियो बनाउन बैंकले बैकले भदौ ५ गते देखि एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री गरेको थियो ।

उक्त ऋणपत्र धितोपत्र बजारमा सूचीकृत भएसँगै लगानीकर्ताले दोस्रो बजारमा खरीद बिक्री गर्नुका साथै धितो राखेर बैैंक तथा वित्तिय संस्थाबाट ऋण समेत लिन सक्नेछन्।

दीर्घकालीन लगानी स्रोत जुटाउन बिक्री गरिएको उक्त सात वर्ष अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको